Logo

बुधवार, कार्तिक १२ गते २०८३ / Wednesday, 2026-10-28

images
images

गेरुवा गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को दोस्रो सार्वजनिक सुनुवाइ सम्पन्न

सेवा प्रवाह, विकास आयोजना र सुशासनबारे नागरिक–जनप्रतिनिधिबीच प्रत्यक्ष संवाद
  • 124
    SHARES
  •  

    गेरुवा गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को दोस्रो सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको आयोजना तथा गेरुवा कर्णाली कम्युनिकेशन प्रा.लि.को सहजीकरणमा वडा नम्बर ४ को कार्यालय, गोलामा आयोजित कार्यक्रममा सेवा प्रवाह, विकास निर्माण, योजना कार्यान्वयन, सुशासन तथा नागरिक सरोकारका विषयमा खुला छलफल गरिएको थियो।


    ADVERTISEMENT

    images

    Untitled design (47).jpg

    कार्यक्रममा गाउँपालिकाले सञ्चालन गरेका विभिन्न विकास आयोजना, सेवा प्रवाह तथा कार्यक्रमहरूको प्रगति विवरण नागरिकसमक्ष प्रस्तुत गरिएको थियो। सहभागी सेवाग्राही तथा स्थानीय नागरिकहरूले गाउँपालिकाबाट प्राप्त हुने सेवा–सुविधा, विकास निर्माणका काम, योजना छनोट तथा कार्यान्वयन प्रक्रिया, सार्वजनिक सेवा वितरण र स्थानीय सरकारको कार्यसम्पादनसँग सम्बन्धित प्रश्न, जिज्ञासा, सुझाव तथा गुनासा राखेका थिए।

    नागरिकहरूले विकास कार्यक्रमको प्रभावकारिता, सेवा प्राप्त गर्ने प्रक्रियामा देखिएका समस्या, विकास निर्माणको गुणस्तर, योजना कार्यान्वयनको अवस्था तथा स्थानीय तहबाट प्रवाह हुने सेवाबारे आफ्ना अनुभव र धारणा प्रस्तुत गरेका थिए। गाउँपालिकालाई अझ पारदर्शी, जवाफदेही, नागरिकमैत्री र जनउत्तरदायी बनाउन आवश्यक सुधारका लागि उनीहरूले विभिन्न रचनात्मक सुझावसमेत दिएका थिए।

    Untitled design (50).jpg

    नागरिकबाट उठाइएका प्रश्न, जिज्ञासा तथा गुनासाको जवाफ गाउँपालिका अध्यक्ष जवान सिंह के.सी.ले दिनुभएको थियो। उहाँले नागरिकका चासो, सुझाव र गुनासालाई गम्भीरतापूर्वक लिइने बताउँदै गाउँपालिकाबाट प्रदान हुने सेवाहरूलाई थप सहज, प्रभावकारी, छिटोछरितो र गुणस्तरीय बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष के.सी.ले सार्वजनिक सुनुवाइ स्थानीय सरकार र नागरिकबीच प्रत्यक्ष संवाद स्थापित गर्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो। सार्वजनिक सुनुवाइबाट प्राप्त सुझाव तथा प्रतिक्रियालाई सकारात्मक रूपमा ग्रहण गर्दै आवश्यक सुधारका काम अघि बढाइने उहाँको भनाइ थियो।

    Untitled design (46).jpg

    अध्यक्ष के.सी.ले स्थानीय सरकारप्रति नागरिकको विश्वास अभिवृद्धि गर्न पारदर्शिता, जवाफदेहिता र सहभागितामूलक शासन प्रणालीलाई गाउँपालिकाले प्राथमिकतामा राख्ने उल्लेख गर्नुभयो। नागरिकबाट प्राप्त उचित सुझावलाई आगामी योजना निर्माण, सेवा प्रवाह तथा विकास कार्यक्रमको कार्यान्वयनमा समेट्दै लैजाने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।

    त्यसैगरी, गाउँपालिकाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नवराज अधिकारीले गाउँपालिकाबाट सञ्चालन गरिएका विकास आयोजना, सेवा प्रवाह, विभिन्न कार्यक्रम तथा उपलब्धिहरूबारे जानकारी गराउनुभएको थियो।

    Untitled design (48).jpg

    कार्यालय व्यवस्थापन तथा सुशासन समितिका संयोजक महेन्द्रप्रसाद चौधरीले सार्वजनिक निकायका कामकारबाही नागरिकसमक्ष खुला रूपमा प्रस्तुत गर्नु सुशासन र पारदर्शिताको महत्वपूर्ण आधार भएको बताउनुभयो। उहाँले सार्वजनिक सुनुवाइमार्फत जनप्रतिनिधि, कर्मचारी र नागरिकबीच प्रत्यक्ष संवाद हुने भएकाले सेवा प्रवाहमा रहेका कमजोरी पहिचान गर्न तथा सुधारका क्षेत्र निर्धारण गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयो।

    सार्वजनिक सुनुवाइमा स्थानीय नागरिक, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, पत्रकार तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले गाउँपालिकाको नीति, कार्यक्रम, सेवा प्रवाह तथा विकास गतिविधिबारे प्रत्यक्ष रूपमा जिज्ञासा राख्न पाएकोमा यस्तो अभ्यासले स्थानीय सरकारलाई नागरिकप्रति थप जिम्मेवार बनाउन सहयोग पुग्ने धारणा राखेका थिए।

    Untitled design (51).jpg

    सार्वजनिक सुनुवाइले गाउँपालिकाको कामकारबाही, विकास गतिविधि र सेवा प्रवाहबारे नागरिकलाई जानकारी गराउनुका साथै नागरिकका गुनासा, सुझाव र अपेक्षा स्थानीय सरकारसमक्ष प्रत्यक्ष रूपमा पुर्‍याउने अवसर प्रदान गरेको छ। यस्ता सार्वजनिक संवादले स्थानीय तहमा पारदर्शिता, जवाफदेहिता, नागरिक सहभागिता र जनउत्तरदायी शासन प्रणालीलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij