Logo

बुधवार, कार्तिक १२ गते २०८३ / Wednesday, 2026-10-28

images
images

सूर्यपटुवा जल उपभोक्ता समितिको अध्यक्षमा अशोक राम थारू विजयी

  • 562
    SHARES
  •  

    बर्दियाको मधुवन नगरपालिका–१ सूर्यपटुवा र ठाकुरबाबा नगरपालिका–९ मा सिँचाइ सुविधा पुर्‍याउँदै आएको सूर्यपटुवा जल उपभोक्ता समितिको अध्यक्षमा अशोक राम थारू दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ।


    ADVERTISEMENT

    images

    समितिको निर्वाचनमा अध्यक्ष पदका लागि थारूले ५६ मत प्राप्त गरी विजयी हुनुभएको हो। उहाँका प्रतिस्पर्धी जगतप्रसाद चौधरीले ३६ मत प्राप्त गर्नुभयो। अध्यक्ष पदमा थारू २० मतको अन्तरले विजयी हुनुभएको हो।

    त्यस्तै, सचिव पदमा राजेन्द्रकुमार योगी ५३ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी रमेश रिजालले ३७ मत प्राप्त गर्नुभयो। सचिव पदमा योगी १६ मतको अन्तरले विजयी हुनुभएको निर्वाचन अधिकृत रुद्र खड्काले जानकारी दिनुभयो। निर्वाचनमा २ मत बदर भएको थियो।

    करिब १ हजार ५ सय बिघा क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने समितिमा ठाकुरबाबा–९ का पाँच गाउँ र मधुवन–६ का गरी ११ गाउँ आबद्ध छन्। ती गाउँबाट कुल ९९ जना मतदाता रहेका थिए।

    समितिको उपाध्यक्षमा सीता चौधरी, कोषाध्यक्षमा नरबहादुर थारू र सहसचिवमा मिना थारू निर्विरोध चयन हुनुभएको छ। ११ वटै गाउँका बडघर समितिको पदेन सदस्य रहने व्यवस्था गरिएको छ।

    नवनिर्वाचित समितिको कार्यावधि तीन वर्ष रहनेछ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij