Logo

बुधवार, कार्तिक १२ गते २०८३ / Wednesday, 2026-10-28

images
images

दशै शुभकामना !

  • 529
    SHARES
  •  

    प्रकृतिमा


    ADVERTISEMENT

    images

    घाम छ, छाया छ

    घृणा छ, माया छ

    उकाली पछि ओराली छ

    आँसु छ, हासो छ

    समय कहाँ एकनास छ र?

    कतै वियोगको व्यथा छ

    कतै उमङ्गको कथा छ

    सबै खुसी छैनन्

    सबै दुखी छैनन्

    विसमता छ,विविधा छ

    यसकै शाश्वत गहिराइमा

    जीवनको गाथा छ

    निरन्तरतामा यसकै

    यसपटक पनि आगनमा

    हाम्रो दशै आएको छ

    कतै भिजेको दशै

    कतै खुलेको दशै

    कतै दुखेको दशै

    कतै फुलेको दशै

    जीवन जस्तै अनेक छ दशै

    तत्व बोध गर्नेका लागि

    सुख, दुखमा

    एक छ दशै

    तसर्थ

    खुशी हुनेहरु

    उन्मत्त नहोऊ

    दु:खमा परेकाहरु

    व्यथित भएर नरोऊ

    उदाउने छ,डुबेको घाम

    खुलेर हास्ने छ,शरदको याम

    आकाश खुल्ने छ,बेलीचमेली फुले छ

    अलिकति व्यथा बिर्साउन

    उजाड हृदयमा अलिकति

    स्नेह,सद्भाव र सहिष्णुता सिंचन गर्न

    आगनमा टुप्लुक्क आइपुगेको छ दशै ,,,शुभकामना !

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij