Logo

बुधवार, कार्तिक १२ गते २०८३ / Wednesday, 2026-10-28

images
images

विद्यालय सुधारमा नेतृत्वदायी भूमिका बढाउन व्यवस्थापन समिति पदाधिकारीलाई अभिमुखीकरण

  • 952
    SHARES
  •  

    बालबालिका, किशोर–किशोरी तथा युवाका लागि सुरक्षित, समावेशी र गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले विद्यालय व्यवस्थापन समिति तथा शिक्षक–अभिभावक संघका पदाधिकारीहरूका लागि क्षमता तथा नेतृत्व विकाससम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।


    ADVERTISEMENT

    images

    बालबालिका, किशोर–किशोरी तथा युवाका लागि सुरक्षित भविष्य परियोजनाको सहकार्य तथा बारबर्दिया नगरपालिका र मधुवन नगरपालिकाको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो।

    बारबर्दिया र मधुवन नगरपालिकामा छुट्टाछुट्टै समयमा समानान्तर रूपमा सञ्चालन गरिएको कार्यक्रममा बारबर्दियाका नगरभित्रका सम्पूर्ण विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा मधुवनका सम्पूर्ण सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समिति र शिक्षक–अभिभावक संघका प्रतिनिधिहरू सहभागी भएका थिए। कार्यक्रममा बारबर्दियामा ४० जना र मधुवनमा ५५ जनाको सहभागिता रहेको थियो।

    अभिमुखीकरणमा विद्यालयलाई बालमैत्री, सुरक्षित तथा बालबालिकाको सिकाइ उपलब्धि अभिवृद्धि गर्ने वातावरणयुक्त कसरी बनाउन सकिन्छ भन्ने विषयमा छलफल तथा सहजीकरण गरिएको थियो। साथै विद्यालय व्यवस्थापन समिति तथा शिक्षक–अभिभावक संघका पदाधिकारीहरूको भूमिका, जिम्मेवारी, नेतृत्व क्षमता र विद्यालय सुधारमा प्रभावकारी सहभागिताका विषयमा समेत क्षमता विकास गरिएको थियो।

    बारबर्दियामा नेतृत्वदायी भूमिकामा जोड

    WhatsApp Image 2026-09-11 at 7.33.44 PM.jpeg

    बारबर्दिया नगरपालिकामा विषय विज्ञ नरेश कुमार थारु र शिक्षा शाखा प्रमुख कृष्ण कुमार थारुले अभिमुखीकरण सहजीकरण गर्नुभएको थियो।

    कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगर प्रमुख, आरकेजेएसका कोषाध्यक्ष, कार्यक्रम संयोजक तथा अनुगमन तथा मूल्याङ्कन अधिकृत धिराज चौधरीको उपस्थिति रहेको थियो।

    नगर प्रमुख तथा आरकेजेएसका कोषाध्यक्षले विद्यालयको शैक्षिक गुणस्तर सुधार, बालमैत्री वातावरण निर्माण तथा बालबालिकाको सिकाइ उपलब्धि अभिवृद्धिमा विद्यालय व्यवस्थापनको नेतृत्वदायी भूमिका आवश्यक रहेकोमा जोड दिनुभएको थियो।

    मधुवनमा सहकार्यलाई प्रभावकारी बनाउन जोड

    WhatsApp Image 2026-09-11 at 7.33.03 PM.jpeg

    त्यसैगरी मधुवन नगरपालिकामा शिक्षा शाखा प्रमुख नारायण प्रसाद खनालले अभिमुखीकरण सहजीकरण गर्नुभएको थियो।

    कार्यक्रममा मधुवन नगरपालिकाका नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, आरकेजेएसका कोषाध्यक्ष तथा परियोजना संयोजक मनोज पौडेलको उपस्थिति रहेको थियो।

    कार्यक्रममा नगर प्रमुख तथा आरकेजेएसका कोषाध्यक्षले विद्यालय सुधारका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा स्थानीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको थियो।

    सातवटै स्थानीय तहमा सञ्चालन

    बालबालिका, किशोर–किशोरी तथा युवाका लागि सुरक्षित भविष्य परियोजना बर्दिया जिल्लाका सातवटै स्थानीय तहमा राधाकृष्ण थारु जनसेवा केन्द्र र बाँके युनेस्को क्लबको संयुक्त कार्यान्वयन तथा प्लान इन्टरनेसनल नेपालको सहयोगमा सञ्चालन हुँदै आएको छ।

    परियोजनाले बाल संरक्षण, शिक्षा तथा बालबालिका, किशोर–किशोरी र युवाका लागि सुरक्षित, समावेशी तथा बालमैत्री वातावरण निर्माण गर्न स्थानीय सरकार तथा अन्य सरोकारवालासँग सहकार्य गर्दै आएको छ।

    अभिमुखीकरणले विद्यालय व्यवस्थापन समिति तथा शिक्षक–अभिभावक संघका पदाधिकारीहरूलाई विद्यालयलाई बालमैत्री, सुरक्षित र सिकाइ उपलब्धिमुखी बनाउन आफ्नो नेतृत्व, भूमिका तथा जिम्मेवारी थप प्रभावकारी रूपमा निर्वाह गर्ने आधार प्रदान गरेको आयोजकले जनाएको छ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij