Logo

बुधवार, कार्तिक १२ गते २०८३ / Wednesday, 2026-10-28

images
images

बालश्रमबाट हुने जोखिम र बालअधिकार उल्लङ्घन न्यूनीकरणका लागि गेरुवामा तालिम

  • 538
    SHARES
  •  

    बालश्रमबाट उत्पन्न हुने जोखिम तथा बालअधिकार उल्लङ्घनका घटनाको रोकथाम र न्यूनीकरण गर्ने उद्देश्यले गेरुवा गाउँपालिका स्तरीय बाल अधिकार समितिका पदाधिकारी तथा सरोकारवालाका लागि तालिम सञ्चालन गरिएको छ।


    ADVERTISEMENT

    images

    गेरुवा गाउँपालिकाको समन्वय, गुड नेवर्स इन्टरनेशनल नेपालको सहयोग तथा सोनाह विकास समाजको आयोजनामा सञ्चालन गरिएको तालिममा बालश्रमका कारण बालबालिकामा पर्ने शारीरिक, मानसिक, सामाजिक तथा शैक्षिक असर, बालअधिकार संरक्षण, बालश्रमको पहिचान, रोकथाम तथा जोखिममा रहेका बालबालिकाको संरक्षणका विषयमा छलफल गरिएको छ।

    तालिममा बालश्रम तथा बालअधिकार उल्लङ्घनका घटना हुन नदिन स्थानीय तह, बाल अधिकार समिति, विद्यालय, समुदाय, अभिभावक तथा सम्बन्धित सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ।

    बालबालिकालाई श्रममा संलग्न गराउनुको सट्टा उनीहरूको शिक्षा, स्वास्थ्य, सुरक्षा, संरक्षण र समग्र विकास सुनिश्चित गर्न समुदायस्तरमै सचेतना अभिवृद्धि गर्नुपर्ने विषयमा समेत सहभागीहरूलाई जानकारी गराइएको थियो।

    तालिमका क्रममा बालश्रममा रहेका वा बालअधिकार उल्लङ्घनको जोखिममा परेका बालबालिकाको समयमै पहिचान, आवश्यक संरक्षण, उद्धार, पुनःस्थापना तथा सम्बन्धित निकायमा सिफारिस गर्ने प्रक्रियाबारे पनि जानकारी प्रदान गरिएको थियो।

    गाउँपालिका स्तरीय बाल अधिकार समितिको भूमिका थप प्रभावकारी बनाउँदै बालमैत्री वातावरण निर्माण गर्नुका साथै बालश्रम र बालअधिकार उल्लङ्घनका घटना न्यूनीकरणमा स्थानीय संयन्त्रलाई सक्रिय बनाउने उद्देश्यले तालिम आयोजना गरिएको आयोजकले जनाएको छ।

    तालिमले बाल संरक्षणका सवालमा स्थानीय तह र समुदायको जिम्मेवारी थप स्पष्ट बनाउनुका साथै बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखेर काम गर्न सरोकारवालालाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij