Logo

बुधवार, कार्तिक १२ गते २०८३ / Wednesday, 2026-10-28

images
images

राष्ट्रिय बाल दिवसका अवसरमा गेरुवामा विद्यार्थीको प्रतिभा प्रदर्शन, विपद् र बाल संरक्षण बने मुख्य विषय

  • 1.1K
    SHARES
  •  

    राष्ट्रिय बाल दिवसको अवसरमा गेरुवा गाउँपालिकामा अन्तरविद्यालयस्तरीय वक्तृत्वकला तथा चित्रकला प्रतियोगिता आयोजना गरिएको छ। प्राकृतिक विपद्का समयमा बालबालिकाको संरक्षण, सुरक्षा तथा सरोकारवालाको जिम्मेवारीबारे विद्यार्थीमार्फत सचेतना फैलाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।


    ADVERTISEMENT

    images

    गेरुवा गाउँपालिकाको आयोजनामा सम्पन्न प्रतियोगितामा पालिकाभित्रका विभिन्न विद्यालयका विद्यार्थीले वक्तृत्वकला र चित्रकलामार्फत आफ्ना विचार, सिर्जना र प्रतिभा प्रस्तुत गरेका थिए।

    कार्यक्रममा नेपाल सामुदायिक विद्यालय शिक्षक कर्मचारी हित कोष गेरुवाले समन्वय गरेको थियो भने गुड नेवर्स इन्टरनेशनल नेपाल, सोनाहा विकास समाज, प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र राधाकृष्ण थारू जनसेवा केन्द्रले सहयोग गरेका थिए।

    विपद्मा बाल संरक्षणबारे विद्यार्थीले राखे धारणा

    वक्तृत्वकला प्रतियोगिताको विषय “बाढीपहिरो तथा प्राकृतिक विपद्मा बाल संरक्षणः हाम्रो जिम्मेवारी” राखिएको थियो।

    कक्षा ९–१० तर्फ पाँच सामुदायिक र एक निजी गरी ६ विद्यालयका विद्यार्थी सहभागी भएका थिए। कक्षा ६–८ तर्फ १७ विद्यालयका १७ जना विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए।

    WhatsApp Image 2026-09-10 at 11.22.57 PM.jpeg

    कक्षा ९–१० तर्फको वक्तृत्वकला प्रतियोगितामा एकप्रिय राठौर माध्यमिक विद्यालय, पातामारकी शिक्षा न्यौपाने प्रथम भइन्। पशुपति माध्यमिक विद्यालय, पशुपतिनगरकी आदिती चौधरी द्वितीय, जानकी माध्यमिक विद्यालय, जनकनगरका निखिल आचार्य तृतीय र नेपाल राष्ट्रिय गणेश माध्यमिक विद्यालय, प्रसेनीपुरकी प्रशंसा रिमालले सान्त्वना स्थान प्राप्त गरिन्।

    त्यस्तै कक्षा ६–८ तर्फ बालप्रिय आधारभूत विद्यालय, तिनघरुवाकी प्रविधि ढुङ्गाना प्रथम, नेपाल राष्ट्रिय आधारभूत विद्यालय, गिदरपुरकी स्वेता चलाउने द्वितीय, सरस्वती आधारभूत विद्यालय, बनकट्टीकी सुप्रिया भारू तृतीय र पशुपति माध्यमिक विद्यालय, पशुपतिनगरकी कामना न्यौपाने सान्त्वना भइन्।

    चित्रकलामा विपद् र बाल संरक्षणको सन्देश

    चित्रकला प्रतियोगिताको विषय “भोटेकोशी नदीमा बाढीपहिरो, प्राकृतिक विपद् र बाल संरक्षणमा सरोकारवालाको भूमिका” राखिएको थियो।

    प्रतियोगितामा २४ विद्यालयका आधारभूत तहका २४ जना विद्यार्थी सहभागी भएका थिए। अपाङ्गता भएका विद्यार्थीका लागि सञ्चालन गरिएको छुट्टै विधामा आठ विद्यालयका माध्यमिक तथा आधारभूत तहका आठ जना विद्यार्थीले सहभागिता जनाएका थिए।

    WhatsApp Image 2026-09-10 at 11.20.57 PM.jpeg

    कक्षा १–५ तर्फको चित्रकला प्रतियोगितामा सरस्वती आधारभूत विद्यालय, जोधिपुरका निर्देश परियार प्रथम भए। जनता माध्यमिक विद्यालय, गोलाकी पूर्णिमा थारू द्वितीय, धर्मभक्त विद्यालय, बाजपुरकी सविना थारू तृतीय र सरस्वती आधारभूत विद्यालय, विन्द्राका अंकित सुनारले सान्त्वना स्थान प्राप्त गरे।

    अपाङ्गता भएका विद्यार्थीको विधातर्फ सरस्वती आधारभूत विद्यालय, जोधिपुरकाकी निर्जला थारू प्रथम, नवज्योति प्राथमिक विद्यालय, सुखाडकी अनु थारू द्वितीय, नेपाल राष्ट्रिय गणेश माध्यमिक विद्यालय प्रसेनीपुरका प्रशान्त सोनाहा तृतीय र जनता परीक्षित नरसिंह आधारभूत विद्यालय, सर्खोलका समिक्षा थारुले सान्त्वना स्थान प्राप्त गरे।

    प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थीलाई प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको थियो भने सहभागी विद्यार्थीलाई समेत पुरस्कार प्रदान गरिएको थियो।

    राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित प्रतियोगिताले विद्यार्थीलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै बाढीपहिरो तथा अन्य प्राकृतिक विपद्का समयमा बालबालिकाको सुरक्षा र संरक्षण सरकार, विद्यालय, अभिभावक, समुदाय तथा सरोकारवाला सबैको साझा जिम्मेवारी भएको सन्देश प्रवाह गरेको छ।

    विद्यार्थीले वक्तृत्व र चित्रकलामार्फत व्यक्त गरेका विचार तथा सन्देशले विपद्को समयमा बालबालिकालाई सुरक्षित राख्न पूर्वतयारी, सचेतना, संरक्षण र जिम्मेवार भूमिका आवश्यक रहेको विषयलाई समेत उजागर गरेको छ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij