Logo

बुधवार, कार्तिक १२ गते २०८३ / Wednesday, 2026-10-28

images
images

भोटेकोशी–त्रिशूली बाढीमा ज्यान गुमाउनेप्रति दीप प्रज्वलनसहित श्रद्धाञ्जली

  • 937
    SHARES
  •  

    भोटेकोशी–त्रिशूली नदीमा आएको प्रलयकारी बाढीका कारण ज्यान गुमाएका तथा बेपत्ता भएका आमाबुबा, दाजुभाइ, दिदीबहिनी तथा नानीबाबुसहित सम्पूर्ण पीडितप्रति बर्दियामा दीप प्रज्वलनसहित श्रद्धाञ्जली अर्पण गरिएको छ।


    ADVERTISEMENT

    images

    राधाकृष्ण थारु जनसेवा केन्द्र (RKJS), नेपाल पत्रकार महासंघ र उद्योग वाणिज्य संघ गुलरिया–बर्दियाको संयुक्त आयोजनामा गुलरिया नगरपालिका–स्थित राधाकृष्ण चोकमा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम गरिएको हो।

    कार्यक्रममा बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएकाहरूको सम्झनामा दीप प्रज्वलन गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको थियो। सहभागीहरूले एक मिनेट मौनधारण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरे।

    कार्यक्रम सञ्चालन गर्दै राधाकृष्ण थारु जनसेवा केन्द्र (RKJS) का अध्यक्ष दिनेश प्रसाद श्रेष्ठले विपत्तिका बेला आफ्नो ज्यानको समेत जोखिम मोलेर उद्धार तथा राहतमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मीप्रति विशेष आभार व्यक्त गर्नुभयो।

    उहाँले बाढी तथा विपत्तिको समयमा देश तथा विदेशबाट उद्धार, राहत र सहयोगमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएका व्यक्ति, संघसंस्था तथा स्वयंसेवीहरूलाई समेत धन्यवाद दिनुभयो।

    कार्यक्रममा प्राकृतिक विपत्तिको यस दुःखद घडीमा नेपाल सरकारलाई आर्थिक, भौतिक तथा राहत सामग्री उपलब्ध गराउँदै सहयोग, सहानुभूति र ऐक्यबद्धता प्रकट गर्ने विभिन्न राष्ट्र, संघसंस्था तथा स्वदेश–विदेशका सहयोगीहरूप्रति पनि कृतज्ञता व्यक्त गरिएको थियो।

    सहभागीहरूले विपत्तिमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा प्रभावित परिवारको शीघ्र पुनःस्थापना र उनीहरूलाई सामान्य जीवनमा फर्कने वातावरण निर्माण गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका थिए।

    “विपत्तिमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली, पीडित परिवारप्रति समवेदना र उद्धारमा खटिने सबैप्रति सम्मान” भन्ने भावनाका साथ कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।

    कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, उद्योगी–व्यवसायी तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij