रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले बर्दियाको राजापुर नगरपालिका–२ स्थित बालाबजार व्यवस्थापन समितिले २२ हजार २७५ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गरेको छ।
बालाबजार व्यवस्थापन समितिका अध्यक्ष कृष्ण चौधरीको पहलमा स्थानीय व्यापारी तथा व्यवसायीबाट राहत रकम संकलन गरी कोषमा जम्मा गरिएको हो।
विपद्को समयमा पीडित परिवारको साथमा उभिनु सामाजिक दायित्व भएको भन्दै समितिले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न सबैलाई आह्वान समेत गरेको छ।
बालाबजारबाट गरिएको यो सहयोगले विपद्मा भौगोलिक दूरीभन्दा मानवीय भावना ठूलो हुने सन्देश दिएको छ।